Sunday, September 27, 2020
Home > मनोरञ्जन समाचार > बजारमा तरकारीको मूल्य आकासियो,मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिदै

बजारमा तरकारीको मूल्य आकासियो,मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिदै

बिराटनगर २६ भाद्र
लामो समयको लकडाउन र निषेधाज्ञाका बीच सामान्य चलायमान भएको बजारमा तरकारीको मूल्य आकासिएको छ । उपभोक्ताको दैनिक भान्सामा पुग्ने हरियो साग सब्जी,आलु टमाटरको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन । कोरोनाको संक्रमणबाट बच्नका लागि मोरङ प्रशासनले आगामी २८ गतेसम्मका लागि खुकुलो प्रावधानसहित निषेधाज्ञा जारी गरेपनि विराटनगरका तरकारी बजार स्वास्थ्य सावधानीका साथ सुचारु भएका छन । यो समयमा नगर क्षेत्र भित्र रहेका चौकहरुमा तरकारीको थोक तथा खुद्रा व्यापारीहरुले मनमर्जी रुपमा तरीकाको मूल्यमा बृद्धि गरेका छन । विराटनगर स्थित गुद्री बजारमा अधिकांश सब्जीका व्यापारीहरु छन् । त्यहाँ सवै प्रकारको सब्जी पाइन्छ । तर सब्जीहरुको उचित मुल्यमा एक रुपता नहुँदा उपभोक्ताहरु दिनुहुँ जसो व्यापारीहरुबाट ठगिने गरेको उपभोक्ता जयप्रकाश चौधरीको भनाई छ । सरकारले हरियो साग सब्जी लगायत खाद्यन्नको मूल्य सुचिमा एकरुपता हुने गरी मापदण्ड बनाएमात्र व्यापारीहरुबाट नठगिने उपभोक्ताको भनाइ छ । उपभोक्ताहरुले तत्काल सरोकारवाला निकायले अनुगमनलाई निरन्तरता दिएर मूल्यको सूचि निर्धारण गर्न माग गरेका छन । नगरक्षेत्र भित्रका तरकारी बजारमा आलु किलोको ६० रुपैयाँ देखि एक सय रुपैयाँ, टमाटर किलोको एक सय १० देखि १ सय २० रुपैयाँ, भिन्डी ८० रुपैयाँ रायको साग १ सय २० रुपैयाँ र अन्य सब्जीहरु समेत किलोको सय रुपैयाँ भन्दा माथिनै रहेका छन । अनुगमनको अभावका कारण सब्जीको बजार भाउमा एकरुपता नहुदा उपभोक्ताहरु दिनुहँ ठगिदै आइरहेको अर्का उपभोक्ता हरिबहादुर कार्कीले बताउनुभयो । सब्जीको भाउ आकासिएको बेला पनि सरकारले अनुगमन नगरेको भन्दै उपभोक्ताहरुले आपत्ति जनाएका छन । व्यापारीहरुले यतिवेला स्वदेशकै उत्पादनलाई प्राथमिकता दिएर हरियो साग सब्जी लगायत अन्य तरकारीहरु विक्रि गर्दै आईरहेको पाएको छ । यस अघिको यही समयको बजारमा हरियो साग सब्जी लगायत अन्य तरकारीहरु २० रुपैयाँ किलो देखि ६० रुपैयाँ किलो सम्म पाउने गरेको भएपनि सरकारी निकायबाट बजार अनुगमनलाई तिब्रता नदिँदा महामारीका नाममा व्यापारीहरुले अनावश्यक रुपमा सब्जीको मूल्य बृद्धि गरेको उपभोक्ताहरुको भनाइ छ । यता ब्यापारीले भने बाहिरबाट आउने तरकारीको भन्सार शुल्क बढेका कारण तरकारीको आयात शुल्क महँगो पर्दा तथा आन्तरिक उत्पादनले माग अनुसारको आपूर्ति गर्न नसक्दा तरकारीको मूल्य आकासिएको बताएका छन । मूल्य निर्धारण गर्नु र बजार अनुगमनलाई निरन्तरता दिनु पनि सरकारको दायित्व हो । तर यो कोरोना कहरमा किसानले उचित मूल्य पाउका छैनन् भने बजार अनुगमन प्राय शुन्य हुदा यसको फाइदा ब्यापारीले उठाईरहेका छन । तरकारी बजारको तत्काल अनुगमन गरी अनावश्यक मूल्य बढाएर उपभोक्तालाई ठग्ने ब्यापारीहरुलाई तत्काल कारबाही गनुपर्र्ने जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *