Sunday, September 27, 2020
Home > आर्थिक समाचार > इलामका किसानलाई अलैची भित्रियाउने चटारो

इलामका किसानलाई अलैची भित्रियाउने चटारो

इलाम २६ भाद्र
जिल्लाको तल्लो क्षेत्रमा यतिबेला किसानहरु अलैँची भित्रियाउन लागि परेका छन् । ठाउँअनुसार भदौ महिनाबाट सुरु हुने अलैँची टिपाई कात्तिक महिनासम्म टिपिन्छ । तर बजारमा मूल्य नहुँदा किसान उतिकै निराश छन् ।
इलामका किसानलाई यतिबेला अलैची भित्रियाउने चटारो छ । पाकेको बाली भित्रियाउनका लागि किसानहरुलाई चटारो छ । अलैँचीमा छुरी लगाउन र भट्टी लगाउन यहाँका किसानहरु व्यस्त भएका हुन् । खोल्सामा फल्ने सुनले परिचित अलैँची बाली जिल्लाको तल्लो क्षेत्रका किसानले भित्र्याइसकेका छन् भने माथिल्लो भेगका किसान भने अलैँची टिप्ने समय कुर्दैछन् । पहिला–पहिला खोला खोल्सामा पाइने भएकाले यसलाई खोल्साको सुन भनिए पनि आजकल अन्न बाली मासेर किसानहरुले लगाएका छन् । जंगलमा रोप्दा फस्टाउने अलैँची बारीमा लगाउँदा पनि राम्रोसँग नहुने र मुल्य पनि कम हुने गरेको किसानहरु वताउँछन् .इलाममा वार्षिक पाँच सय ७६ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामको तथ्यांकका उल्लेख छ । एक हजार ६ सय हेक्टर क्षेत्रमा अलैँची लगाइएको भए पनि ढुसीजन्य रोगका कारण अलैँची वगान मासिंदै गएको छ । अलैँची मासिँदै गएपछि उत्पादन पनि घटेको छ भने मूल्यमा समेत वर्षेनी गिरावट आइरहेको छ । गएको वर्ष प्रतिमन ३० हजारमा किनबेच भएको अलैँची हाल बजारमा २४ हजार प्रतिमन विक्रि हुदा किसानको लगानि पनि नउठ्ने भएको छ । अलैँची कच्ची रुपमा नै भारतलगायका मुलुकमा निर्यात हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *