Sunday, September 27, 2020
Home > राष्ट्रिय समाचार > अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिन पाउने

अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिन पाउने

 

काठमाण्डौ २६ भाद्र
सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेसँगै निजी विद्यालयहरुले अनलाइन कक्षाको शुल्क लिन पाउने भएका छन् ।
अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कूलहरूले निर्देशिका बमोजिम शुल्क लिने बाटो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला गरेको हो । मन्त्रालयले सम्बन्धित स्थानीय तहको स्वीकृतिमा अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणमा शुल्क लिनपाउने व्यवस्था निर्देशिकामार्फत गरेको हो । निर्देशिकामा शुल्कसम्बन्धी व्यवस्थामा, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ उल्लेख छ । यसअघि निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपछि मन्त्रालयले नतिर्न सूचित गरेको छ । निजी विद्यालयहरूले भने शुल्क लिन नपाएमा स्कूल बन्द गर्ने अवस्था आएको भन्दै सरकारलाई दबाब दिइरहेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गर्नुभएको हो । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९ं) का कारण असोज १ गतेभन्दा पहिला विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय यसअघि नै गरेको छ । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसनले अनलाइन कक्षाको शुल्कविना निजी विद्यालय सञ्चालन हुन सक्दैन भन्ने बुझाउन ६ महिना लागेको भन्दै पछिल्लो निर्णयप्रति खुसी व्यक्त गरेको छ । प्याब्सन अध्यक्ष टिकाराम पुरीले ढिलै भएपनि जारी भएको निर्देशिका अनुसार स्थानीय सरकारहरूले निर्णय गर्ने अपेक्षा लिएको बताउनुभयो । कोरोनाका कारण विद्यालय तहमा मात्रै ९० लाख भन्दा बढी विद्यार्थीको पढाई प्रभावित छ । अनलाइर्न कक्षा विद्यालयहरुले सञ्चालन गरेको भएपनि सबै विद्यार्थीको पहुँच पुगेको छैन । सरकारले वेभसाइट, रेडियो, टेलिभिजनमार्फत गरिएको शिक्षणलाई दुरशिक्षा शिक्षणको रुपमा समेटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *