Thursday, September 24, 2020
Home > आर्थिक समाचार > फलफूल तथा तरकारी थोक बजारमा गरिएको तालाबन्दी खुलाउन सरोकारवालाहरुबीच दुई पक्षीय तथा सर्वपक्षीय छलफल सुरु

फलफूल तथा तरकारी थोक बजारमा गरिएको तालाबन्दी खुलाउन सरोकारवालाहरुबीच दुई पक्षीय तथा सर्वपक्षीय छलफल सुरु

मोरङ २७ भाद्र
मोरङको कटहरी गाँउपालिकामा रहेको फलफूल तथा तरकारी थोक बजारमा गरिएको तालाबन्दी खुलाउन सरोकारवालाहरुबीच दुई पक्षीय तथा सर्वपक्षीय छलफल सुरु भएको छ । बजार संचालनको प्रक्रियामा सम्बन्धित मन्त्रालयले स्थानिय पालिका, जनप्रतिनिधि र सरोकारवालालाई बाईपास गरेको र भवनको दुरुपयोग भएको भन्दै भदौ २३ मा स्थानिय जप्रतिनिधिसहितको समूहले थोक बजार भवनमा तालाबन्दी गरेका थिए । यद्यपि त्यसयता असन्तृष्ट पक्ष र प्रदेश–१ सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच भएको छलफल र वार्ता सकारात्मक दिशामा अघि बढेको छ । सो बिषयमा सम्बन्धित मन्त्रालयमा बिहीबार सरोकारवालालाई सहभागि गराएर छलफल भएको थियो । मन्त्रालयमा बिहीबारको छलफलपछि उठेका बिषयहरुका हिजो बिहान थोक बजार रहेको कटहरी–१ को वडा कार्यालयमा समेत छलफल भएको छ । वडाध्यक्ष कपुरलाल माझीको अध्यक्षतामा भएको सर्वपक्षिय छलफल भोलि ११ बजे फेरी बैठक बस्नेगरि बिना निश्कर्ष टुंगिएको छ । बिहीबार मन्त्रालयमा भएको छलफल सकारात्मकरुपमा अघि बढेको र स्थानीयका माग सम्बोधन गर्न समेत मन्त्रालय सकारात्मक रहेकाले त्यसलाई निरन्तरता दिईने वडाध्यक्ष माझीले बताउनुुभयो । वडा कार्यालयमा भोलि हुने बृहत छलफलमा सर्वसम्मतरुपमा आफ्ना मागहरुका बिषयमा बुँदागतरुपमा टिपोट गरी मन्त्रालयमा प्रस्तुत गरिने वडाध्यक्ष माझीले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख रामकुमार कामतले भने स्थानीय संचालन ऐन अनुसार गाँउपालिका आफैले बजार संचालन गर्न तयार रहेको यसअघि नै बताईसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *