Wednesday, October 21, 2020
Home > मुख्य समाचार > कोरोना संक्रमित निको भएपछि परिवारमा खुसियाली

कोरोना संक्रमित निको भएपछि परिवारमा खुसियाली

बिराटनगर २८ भाद्र
कोरोना संक्रमितको उपचार सुरु गरेको विराटनगरस्थित न्यूरो कोभिड अस्पतालबाट एकजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले भर्ना गर्न नमानेपछि गम्भीर अवस्थामा न्यूरो कोडिभ अस्पतालमा भर्ना गरिएका मोरङको कानेपोखरीका संक्रमित निको भएपछि परिवारमा खुसियाली छाएको छ । मोरङको कानेपोखरी–३ का ५२ वर्षीय अम्बिका नेपाली १४ दिनपछि आज निको भएर डिस्चार्ज हुनुभएको हो । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले उपचार गर्न आनाकानी गरेपछि संक्रमितलाई न्यूरो कोभिड अस्पतालमा भर्ना गरिएको थियो । डाक्टर र नर्सहरुले १४ दिनसम्म अहोरात्र खटेर बिरामीलाई निको पारेको संक्रमितकी श्रीमती राधिका नेपालीले बताउनुभयो । उहाँले श्रीमानको प्रतिदिन दैनिय अवस्था हुँदै गइरहेको अवस्थामा न्यूरो अस्पतालका डाक्टर नर्सहरुले राम्रंो उपचार गरेर निको पारिदिएको भन्दै उहाँले धन्यवाद दिनुभयो । भदौ १३ गते विरामीको अक्सिजन मेन्टेनेन्स नभएको अवस्थामा अस्पतालमा भर्ना भएपछि रातदिन नभिनी खटेकै कारण संक्रमित नेपालीलाई बचाउन सफल भएको डा. साहिल अनसारी र नर्ससिङ्ग इन्र्चाज सुम्निमा घिमिरेको भनाई छ ।
अस्पतालमा कोराना संक्रमित नेपालीलाई पहिलोपटक उपचार गरेर डाक्टरहरुले निको पारेर उत्साह प्रदान गरेको अस्पतालका अप्रेशन डाइरेक्टर राजेश भट्टराईले बताउनुभयो ।  उहाँले अस्पतालमा कोरोना संक्रमितहरुका लागि भेन्टिलेटरसहितको वार्ड बनाउने तयारीमा समेत जुटेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *