Thursday, September 24, 2020
Home > राष्ट्रिय समाचार > विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन

विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन

काठमाण्डौ २९ भाद्र
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ । समितिको हिजो सिंहदरबारमा बसेको बैठकले वैदेशिक रोजागरीको रुपमा विभिन्न मुलुकमा पुगेका र रोजगारी गुमाई अलपत्र अवस्थामा परेका नेपालीहरुलाई एक महिना भित्र ल्याइसक्न श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकका निर्णयहरु सुनाउँदै समिति सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरुलाई ल्याउने सम्बन्धमा प्रभावकारी कार्यसम्पादन गर्न नसकेको भन्दै समितिको गम्भिर ध्यानाकर्षण भएको समेत बताउतुभयो । सभापति श्रीवास्तवले उद्दार कार्यमा आवश्यक उडान व्यवस्थापन गर्न एयरलाइन्सहरुसँग समन्वय गरी कार्य सम्पादन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि निर्देशन दिनुभयो । यस्तै विदेशबाट ल्याईका श्रमिकहरुलाई क्वारेन्टाइनमा राख्न र सम्बन्धित प्रदेश र स्थानीय तहसँग सहकार्य गर्न पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयान र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो । यस्तै श्रमीकहरु रहेका मुलुकहरुसँग आवश्यक समन्वय गरी उद्दार कार्य प्रभावकारी बनाउन नसकेको भन्दै त्यस्ता निकायहरुसँग प्रभावकारी समन्वय गर्न र उद्दार कार्यमा कुनै पनि कमजोरी हुन नदिन पनि निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *