Thursday, September 24, 2020
Home > खेलकुद समाचार > इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात

एजेन्सी २९ भाद्र
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।
गएराति भएको सिजनको पहिलो खेलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो । टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे । डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिगेजसहित मैदान उत्रिएको एभर्टनले टोटेनहमविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।
यसअघि गएराति नै भएको खेलमा लेष्टर सिटीले पनि विजयी सुरुवात गरेको छ । वेस्ट ब्रुमलाई ३–० गोल अन्तरले पराजित गर्दै लेष्टरले सुखद सुरुवात गरेको हो । वेस्ट ब्रुमको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले दुई तथा टिमोथी कास्टाग्नेले एक गोल गरे । गएराति भएको पहिलो खेलमा न्यूक्यासलले वेष्टह्यामलाई दुई शुन्यले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *