Thursday, September 24, 2020
Home > खेलकुद समाचार > फ्रेन्च लिग वान फुटबल खेलमा कार्डको वर्षा, एउटै खेलमा पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड

फ्रेन्च लिग वान फुटबल खेलमा कार्डको वर्षा, एउटै खेलमा पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड

एजेन्सी २९ भाद्र
फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरु खेल मैदानमा भिडन्तमै उत्रिएका छन् । खेलाडीहरु नै एकापसमा भिड्दा खेल मैदान ‘रणमैदान’ बन्न पुग्यो । जसमा रेफ्रीले पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड देखाउनु परेको थियो । यस सिजनमा शुरुवातदेखि नै खराव प्रदर्शन गरिरहेको फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन ९पिएसजी० मार्सेलीसँग १–० हार ब्यहोर्न बाध्य भयो । मार्सेलीसँगको खेलमा झगडामा उत्रिएपछि पिएसजीको सेलिब्रेटी स्टार खेलाडी नेइमारसमेत तीन जनाले लगालग रातो कार्ड पाएर मैदान छाड्नु पर्‍यो । ३१ औँ मिनेटमा फ्लोरियन थाउविनले गरेको गोलले मार्सेली विजयी भएपनि खेलको अन्तिमतिर इन्जुरी समयमा खेलाडीहरुले देखाएको व्यवहार भने निकै आलोच्य देखियो । जसका कारण एउटै खेलमा पाँच खेलाडीले रातो कार्ड पाए पनि कूल १७ कार्ड देखाइयो । ९७ औँ मिनेटमा नेइमारले रातो कार्ड पाउँदा पिएसजीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाए ।पिएसजीका नेइमारसहित लियोन्ड्रो परेडेस र लेविन कर्जवा तथा मार्सेलीका जोर्डन एमावी र डारिओ बेनेडिट्टोले रातो कार्ड पाए । नेइमारलाई भने रेफ्रीले भिएआरबाट हेरेर रातो कार्ड देखाएका थिए । जहाँ नेइमारले पञ्च हानेको देखिन्छ । नेइमारले अल्भारो गोन्जालेजलाई पञ्च हानेको भनेर रातो कार्ड दिइएको हो । गोन्जालेजले भने नेइमारलाई पछाडिबाट टाउकोमा हिर्काएका थिए । नेइमारले भने आफूमाथि रंगभेदी गाली गरेपछि प्रतिरोधमा उत्रन परेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *