Thursday, September 24, 2020
Home > मुख्य समाचार > नेपालमा हिजो एकहजार ६२ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर डिस्चार्ज

नेपालमा हिजो एकहजार ६२ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर डिस्चार्ज

काठमाण्डौ ३१ भाद्र
नेपालमा कोरोना भाइरस संक्रमणबाट हिजो थप १ हजार ६२ जना निको भएर डिस्चार्ज भएका छन ।
अहिलेसम्म निको हुनेको संख्या देशभरी ४० हजार ६ सय ३८ रहेको छ । यस्तै हिजो देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो गरिएको १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा महिला ४ सय ४६ र पुरुष १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । हिजो थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । अहिले सम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण भएकोमा ५६ हजार ७ सय ८८ जनामा संक्रमण देखिएको छ । अहिले देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेको छ । जसमा होम आइसोलेसनमा ७ हजार ६ सय ४० र संस्थागतमा ८ हजार १ सय ३९ जना उपचाररत रहेका छन । यस्तै आइसियुमा १ सय ७४ र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *