Thursday, September 24, 2020
Home > मुख्य समाचार > प्रदेश १ मा हिजो १ सय ३८ संक्रमित थपिए

प्रदेश १ मा हिजो १ सय ३८ संक्रमित थपिए

बिराटनगर ३१ भाद्र
प्रदेश १ मा हिजो १ सय ३८ संक्रमित थपिएका छन् ।
मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा हिजो ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९६७ पुगेको छ । प्रदेश १ मा हिजो ६४ जना डिस्चार्ज भएका छन् । प्रदेश–१ मा हिजो १ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म १ लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *