Thursday, September 24, 2020
Home > राष्ट्रिय समाचार > नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ

काठमाण्डौ ३१ भाद्र
कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् ।
आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई हिजो एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन–जानु सामान्य प्रक्रिया भएको बताउनुभयो । कर्मचारीले प्राधिकरणमा रातको १२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उहाँले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताउनुभयो । उहाँले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको बताउनुभयो । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । अब अर्काे कार्यकालका लागि नियुक्त भए मात्रै उहाँ प्राधिकरण फर्किनुहुनेछ । तर, उहाँको पुननियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार नदेखिनु भएका समाचारहरु बाहिरिउका छन । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनु भएको थियो । चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गर्नुभएको थियो । पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोर्होयाउन जनस्तरबाट माग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *