Thursday, September 24, 2020
Home > राष्ट्रिय समाचार > बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

सुनसरी ३१ भाद्र
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरूद्ध सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बिगो माग दाबी लिई अख्तियारले हिजो अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक पदमा रहँदा उनले सो बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारको दाबी छ । दास २०५० साल असार २७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनी २०६८ साल पुस १७ गते उपकुलपति र त्यसपछि प्रतिष्ठानमा प्राध्यापक भएर काम गरेका थिए । दासले सार्वजनिक सेवामा रहँदा १५ करोड ३२ लाख ३ हजार ३३० रुपैयाँ आर्जन गरेको अनुसन्धानबाट देखिएको छ। अख्तियार प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनले यो अवधिमा खर्च तथा लगानी गरेको देखिएको र सो रकमको स्रोत खुलेको छैन । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी दासले श्रीमती पुनमको नाममा राखेको देखिएकाले उनलाई पनि प्रतिवादी कायम गरिएको छ। पुनमलाई गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *