Thursday, September 24, 2020
Home > Uncategorized > भोजपुरको रामप्रसाद राई गाउँपालिकामा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न

भोजपुर ३१ भाद्र
भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ४ दलगाउँका बासिन्दा खानेपानी योजना बने पछि लाभान्वित भएका छन । गाउँपालिकाको वडा नम्वर ४ दलगाउँमा करिव २ करोडको लागतमा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भए पछि सो वडाका १ सय २० घर परिवार लाभान्वित भएका हुन । दलगाउँको सावुवा खोलाबाट करिव ५ सय पचास मिटरको उचाईमा ४ वटा खानेपानी ट्याङ्की निर्माण गरी गाउँमा खानेपानी योजना ल्याईएको हो । गरिवसँग विश्वेश्वर कार्यक्रम, वडा, रामप्रसाद राई गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा १ करोड ९० लाख बरावरको लागतमा उक्त लिफ्टिङ्ग खानेपानी योजना बनेको हो । २०७६ जेठबाट खानेपानी योजनाको निर्माण कार्य शुरु भएको थियो । योजना सम्पन्न भए पछि संघीय सांसद सुदन किराँतीले एक कार्यक्रमका बिच खानेपानीको उद्धघाटन समेत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *