Sunday, September 27, 2020
Home > मनोरञ्जन समाचार > नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी

नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ १ असोज
नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ९४ जना भएको पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो । हिजोसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ । हिजो १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । जसअनुसार प्रदेश नम्बर १ मा ३ हजार ५ सय ५७, प्रदेश नम्बर २ मा ११ हजार ३ सय ५७, बागमती प्रदेशमा८ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा २ हजार ४ सय ११ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ६४, कर्णाली प्रदेशमा २ हजार ५ सय ९० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६३ गरी देशभरी हिजोसम्म ४१ हजार ७ सयजना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरस कोभिड—१९ बाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लामा ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ । हिजो देशभरि सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेको छ । यस्तै आइसियुमा १ सयय ७३ र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *