Sunday, September 27, 2020
Home > राष्ट्रिय समाचार > आफूले पार्टीमा फरक मत राखेको नभई सुझाव मात्र प्रस्तुत गरेको नेता नेपालले स्पस्टोक्ती

आफूले पार्टीमा फरक मत राखेको नभई सुझाव मात्र प्रस्तुत गरेको नेता नेपालले स्पस्टोक्ती

काठमाण्डौ १ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पार्नुभएको छ । पार्टीभित्र सहमति भइसक्दासमेत असन्तुष्टि जनाउनुभएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझ बढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताउनुभएको हो । मकालु संवाददातासँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले स्थायी कमिटीका अन्य सदस्यहरुले पनि लिखित र मौखिक रुपमा सुझावहरु दिएको उल्लेख गर्दै आफूले राखेका विषयहरुलाई पनि सुझावका रुपमा लिनुपर्ने बताउनुभयो । आफूले राखेको सुझावले पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढ्न गति प्रदान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न सहयोग गर्ने बताउनुभयो । अधिकतम उद्देश्यलाई पूरा गर्न नसके पार्टीको औचित्य नै नरहने भएकाले आफुले सहमतिलाई मजबुत बनाउन र अझबढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाव प्रस्तुत गरेको स्पस्ट पार्नुभयो । यस्तै नेता नेपालले महाधिवेसनपछि बन्ने पार्टीका संरचनाहरु छरितो हुनुपर्ने बताउनुभएको छ । उहाँले पार्टीका विभिन्न संगठन तथा कमिटीहरु छरितो भएमात्रै संगठन गतिशील हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने बताउनुभयो । वरिष्ठ नेता नेपालले भदौ २५ गते स्थायी कमिटीमा जुटेको सहमतिले पार्टीलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गर्नुभयो । साथै आफूले लामो समयदेखि उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय लागू भएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *