Sunday, September 27, 2020
Home > राष्ट्रिय समाचार > बारामा होटल सञ्चालकसहित ४ जना जुवाडे पक्राउ

बारामा होटल सञ्चालकसहित ४ जना जुवाडे पक्राउ

बारा १ असोज
ईलाका प्रहरी कार्यालय निजगढ बाराले होटल सञ्चालकसहित ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका वडा नं.७ का ४७ वर्षिय टोकल भनिने जीतसिंह लामा , सोही नगरपालिका वडा नं.४ का ४० वर्षिय हरि ढुंगाना, सोहि वडाका ४६ वर्षिय होमबहादुर खड्का, पर्सा ठोरी गाउँपालिका वडा नं.३ घर भई हाल निजगढ नगरपालिका वडा नं.७ मा बस्दै आएका ४७ वर्षिय शिव अधिकारी र सोही वडाका होटल सञ्चालक रमेश पौडेललाई रहेका छन् । उनीहरु पेशेवर जुवाडे रहेको प्रहरीको दाबी । उनीहरुका साथबाट ५३ हजार नगद रकमसहित ३ बुक ताससमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये जीतसिंह लामा राष्ट्रिय खेलकुद परिषदका, बारा जिल्ला तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *