Sunday, September 27, 2020
Home > राष्ट्रिय समाचार > कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त नगरेको भन्दै मोरङको बेलबारीमा सरकारको विरोध

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त नगरेको भन्दै मोरङको बेलबारीमा सरकारको विरोध

मोरङ बेलबारी १ असोज
मुलुकलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गराउने कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त नगरेको भन्दै मोरङको बेलबारीका युवाहरुले सरकारको विरोध गरेका छन् ।
कमिसनको चक्करमा लागेर सरकारले घिसिङलाई पुनः नियुक्ति नगरेको उनीहरुको आरोप थियो । बेलबारी स्वतन्त्र युवा समूहको आयोजनामा संचालन भएको खवरदारी कार्यक्रममा स्थानीय युवाहरुको सहभागिता रहेको थियो । कुलमानलाई पुनः नियुक्ति गर, माफियालाई कारवाही गर, कुलमान तिमी छौ र पो उज्यालो छ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर सहभागीहरुले बेलबारी बजार परिक्रमा गरेका थिए । बजार परिक्रमापछि बेलबारी नगरपालिकाको अगाडिको कोणसभालाई युवा जागरण अभियानका अध्यक्ष सुजितकुमार बस्नेत र धिमाल जातीय संस्थाका केदार धिमालले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *