Sunday, January 17, 2021
Home > खेलकुद समाचार > आगामी मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)को तयारी

आगामी मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)को तयारी

चितवन ८ असोज
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग समन्वय गरी मंसिरमा महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता (पीएम कप) गर्ने निर्णय गरेको हो । यस्तै बैठकले २०२० डिसेम्बरमा आइसीसीसँग समन्वय गर्दै मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज सञ्चालन गर्न प्रकिया अघि बढाउने निर्णय गरेको छ । यसैगरी राष्ट्रिय क्रिकेट टिमको अभ्यास सञ्चालन गर्ने तयारी गर्ने निर्णयसमेत भएको छ । चितवनको एक होटलमा बसेको बोर्ड बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । जसमा यही असोज २८ गते क्यानको साधारणसभा गर्ने निर्णयसमेत भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार साधारणसभा भर्चुअल माध्यमबाट गरिने र सम्भव भए शारीरिक उपस्थित भएर गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *