Friday, March 05, 2021
Home > राष्ट्रिय समाचार > भोजराज बस्नेतद्धारा नेपाल प्रेस युनियन मोरङको अध्यक्षको कार्यभार ग्रहण

भोजराज बस्नेतद्धारा नेपाल प्रेस युनियन मोरङको अध्यक्षको कार्यभार ग्रहण

बेलबारी मोरङ ११ असोज
नेपाल प्रेस युनियन मोरङको अध्यक्षको कार्यभार भोजराज बस्नेतले सम्हालेका छन् ।
युनियनको गत अधिवेशनमा भएको सहमतिअनुसार पूर्ण कार्यकालको पहिलो आधा अवधी अध्यक्षको नेतृत्व सम्हालेका कुमार लुईटेलले बस्नेतलाई पद तथा कार्यभार हस्तान्तरण गर्नुभएको हो । बेलबारीमा आयोजित कार्यक्रममा लुइँटेलले बस्नेतलाई युनियनको खाता, छाप, लेटरप्याडलगायत दिएर पद हस्तान्तरण गर्नुभयो । युनियनको चार वर्षे कार्यकालमा लुइँटेल र बस्नेतले २–२ वर्ष नेतृत्व सम्हाल्ने २०७५ सालमा भएको जिल्ला अधिवेशनमै सहमति भएको थियो । पदभार ग्रहण गरेसँगै अध्यक्ष बस्नेतले युनियनको कामलाई कुशलतापूर्वक अघि बढाउँदै पत्रकारको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिम्मेवारी आएसँगै चुनौतीसमेत थपिएको बताउँदै बस्नेतले चुनौतीलाई सुझबुझ साथ सामना गर्दै समाज र श्रमजिवी पत्रकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पदभार हस्तान्तरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका मेयरसमेत रहनुभएका कांग्रेस मोरङका सहसचिव शिवप्रसाद ढकालले नयाँ जिम्मेवारी सम्हालेका अध्यक्ष बस्नेतलाई सबैसँग समन्वय गरेर अघि बढ्न शुभकामना दिएका दिनुभयो । सबैलाई एकतावद्ध गर्र्दै पत्रकारको हकहितमा लाग्न नयाँ उर्जाका साथ काम गर्ने अपेक्षा रहेको ढकालले बताउनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन मोरङका प्रदेश संयोजक लिलाबल्लभ घिमिरे, युनियनका पूर्व केन्द्रिय सदस्य शंकर खरेल, युनियनका पूर्वअध्यक्ष मीनकुमार नवोदित, सुनसरी अध्यक्ष पवन अधिकारी, कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, उद्योगी भोलेश्वर दुलाल, कांग्रेस बेलबारी नगर सभापति शम्भु भट्टराई, पत्रकार महासंघ मोरङकी उपाध्यक्ष सुशीला पाठकलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *