Sunday, January 17, 2021
Home > मुख्य समाचार > नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु

काठमाण्डौ १२ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षिया महिला, ६१ वर्षिय पुरुष र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४० वर्षिय पुरुष, रुपन्देहीमा ७२ वर्षिय पुरुष, बर्दियामा ६३ र ५० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।
हिजो नेपालमा १५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुषमा संक्रमण देखिएको हो । हिजो काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ हिजो ८ सय ८५ जना डिस्चार्ज भएका छन । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । हिजो देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३३ जना संक्रमित उपचाररत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *