Friday, March 05, 2021
Home > मुख्य समाचार > तेजाव आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न सरकारद्वारा अध्यादेश जारी

तेजाव आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न सरकारद्वारा अध्यादेश जारी

काठमाण्डौ १३ असोज
तेजाब आक्रमणका दोषिहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानूनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्याविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ हो भने फौजदारी कसूर तथा फैजारी कार्यविधि सम्बन्धि ऐन संशोधन गर्ने अध्यादेश हो । गत विहीबारको मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाउनुभएको थियो । अध्यादेश जारी भएपछि मकालु संवाददातासँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने व्यवस्था गरिएको बताउनुभयो । कानूनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने उहाँले बताउनुभयो । अध्यादेशमार्फत बाहिरबाट तेजाब ल्याउन पनि कडा व्यवस्था गरिएको उहाँले बताउनुभयो । तेजाब आक्रमणको सन्दर्भमा मुद्दा परेपछि फिर्ता नहुने प्रावधान राखिएको उहाँले बताउनुभयो । अभियन्ता उज्वल थापाले तेजाब आक्रमणलाई गम्भिर अपराधका रुपमा व्याख्या गर्दै सरकारले कानून दक्षिण एसियामा गर्व गर्न लायक रहेको बताउनुभयो । तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ । शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ । तेजाब विक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानूनमा व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *