Friday, March 05, 2021
Home > मुख्य समाचार > उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहँदा पनि प्रभावकारी बजार अनुगमन हुन नसकेको सांसदहरुको भनाइ

उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहँदा पनि प्रभावकारी बजार अनुगमन हुन नसकेको सांसदहरुको भनाइ

काठमाण्डौ १४ असोज
सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यवृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मुल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् । सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मुल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताउनुभयो । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उहाँले बताउनुभयो । सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मुल्यबृद्धि भइरहेको बताउनुभयो । मुल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । अस्वभाविक रुपमा मुल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत बताउनुभयो । सांसद सुजाता परियारले पनि दिनदिनै मुल्य बृद्धि भइरहेको बताउनुभयो । अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताउनुभयो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले मूल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्ण भएको बताउनुभयो । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मुल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *