Monday, January 18, 2021
Home > मुख्य समाचार > कोरोना भाइरस (कोभिड १९) बाट हिजो थप १० जनाको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट हिजो थप १० जनाको मृत्यु

काठमाण्डौ १४ असोज
कोरोना भाइरस (कोभिड १९) बाट हिजो थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंका एक महिला सहित ३ र बाँकेमा एक महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षिया महिला, ६० र ७० वर्षिय पुरुष रहेका छन । भने बाँकेमा ७६ वर्षिया बृद्धा, ५३ र ३९ वर्षिय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षिय पुरुष, सर्लाहीमा ७२ वर्षिया महिला, महोत्तरीमा ५८ वर्षिय पुरुष र चितवनमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ । हिजो १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएको मा ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ । उपत्यकामा हिजो ९ सय ३४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेका छन् । हिजो ७ सय ३१ जना डिस्चार्ज भएका छन । हिजोसम्म देशरभर ५५ हजार ३ सय ७१ जना डिस्चार्ज भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *