Thursday, November 26, 2020
Home > मुख्य समाचार > सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक

सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक

काठमाण्डौ २३ असोज

सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ । शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच हिजो दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ । कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताउन चाहेका छैनन् । डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा. केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । आज सरकार र डा. केसीबीच सहमति हुने सम्भावना रहेको शिक्षामन्त्रालयसवद्ध स्रोतले बताएको छ । डा. केसीको अनसनको २४औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *