Friday, March 05, 2021
Home > मुख्य समाचार > डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

काठमाण्डौ २५ असोज

२८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रह तोड्नु भएको छ । शनिबार राती सरकारसँग ८ बुँदे सहमति गरेपछि उहाँले २८ दिन लामो आफ्नो अनशन तोड्नु भएको हो । शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै उहाँले अनशन तोड्नु भएको हो । अनशन तोडेलगत्तै उहाँलाई आईसीयूमा भर्ना गरिएको छ । अनसन तोड्दै उहाँले आफूसँग गरेको सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । यसअघि शनिबार राती डा. केसी र सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले उक्त सहमतिमा हस्ताक्षर गर्नुभएको थियो । सहमतिमा डा.केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलगायत ८ विषय उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *