Wednesday, October 28, 2020
Home > खेलकुद समाचार > साविक विजेता मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको शीर्षस्थानमा, हिजै भएको खेलमा राजस्थानले हैदराबादलाई हरायो

साविक विजेता मुम्बई इन्डियन्स आईपीएल क्रिकेटको शीर्षस्थानमा, हिजै भएको खेलमा राजस्थानले हैदराबादलाई हरायो

एजेन्सी २६ असोज

साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । अबुधाबीमा हिजोराति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको एकसय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर एकसय ६२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए । जितपछि मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । यसअघि हिजै भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको एकसय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ । हैदराबादको यो चौंथो हार हो । हैदराबाद ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *