Wednesday, October 28, 2020
Home > खेलकुद समाचार > युएईमा जारी आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको पाँचौ जित

युएईमा जारी आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको पाँचौ जित

एजेन्जी २७ असोस
रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाह क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । बैंगलोरले दिएको एकसय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर एकसय १२ रन मात्र बनाउन सक्यो । कोलकत्ताकालागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६-१६ रन बनाए । कोलकत्ताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्टन सुन्दर र क्रिस मोरिसले २-२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा दुई विकेट गुमाएर एकसय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे । कोलकत्ताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १-१ विकेट लिए । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताको यो तेस्रो हार हो । ७ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *