Wednesday, October 28, 2020
Home > खेलकुद समाचार > नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेकालागि तोकिएको साधारणसभा स्थगित

नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेकालागि तोकिएको साधारणसभा स्थगित

एजेन्सी २७ असोज
नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेकालागि तोकिएको साधारणसभा स्थगित गर्ने भएको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारणसभा स्थगित गर्ने भएको हो । चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारणसभा असोज २८ गते गर्ने निर्णय गरेको थियो । बैठकले पहिलोपटक महिला खेलाडीलाई केन्द्रीय सम्झौतामा अनुबन्धन गर्दै घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनीक गरेको थियो । तर खेलाडी वर्गीकरण पारदर्शी र वैज्ञानिक नभएको भन्दै आलोचना भएपछि क्यानले खेलाडी वर्गीकरणलाई पुनर्विचार गर्ने निर्णय गरेको थियो । क्यानले मंसिर १५ भित्र वार्षिक साधारणसभा सक्ने गरी असोज २८ गतेको तयारी स्थगित गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *