Wednesday, October 28, 2020
Home > खेलकुद समाचार > दिल्ली क्यापिटल्स युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लियो

दिल्ली क्यापिटल्स युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लियो

एजेन्सी २९ असोज

युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ । हिजोराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र कप्तान श्रीयस ऐयरको अर्धशतकीय पारिको मद्दतले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एकसय ६१ रन बनायो । दिल्लीको सुरुवात भने राम्रो रहन सकेन । खाता नै नखोली पृथ्वी श आउट हुन पुगे । टिमको स्कोरबोर्डमा १० रन भएका बेला अजिंका रहाने पनि पभेलियन फर्किएका थिए । सुरुकै दुई विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबाबमा ल्याएका थिए । त्यसपछि श्रीखर धवन र श्रीयस ऐयरले ८५ रनको साझेदारी गर्दै टिमको स्कोर ९५ रन पुगाए । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारि खेलेका धवन आउट हुन पुगे । धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएर आउट भएका हुन् । तर धवन आईपीएलमा सर्वाधिक ३९ अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी भने बनेका छन् । त्यसपछि टिमको स्कोर १३२ रन भएका बेला कप्तान ऐयर पनि अर्धशतकिय पारीका साथ बिदा भएका थिए । उनले ४३ बलमा तीन चौका तथा दुई छक्काको सहारमा ५३ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिँदा जयदेव उनादकटले २ विकेट लिए । जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा एक सय १४८ रनमा रोकियो । राजस्थानका लागि जोस बट्लरले २२ रन बनाए भने बेन स्टोकले ४१ र सञ्जु सामसानले २५ रन बनाए । जितपछि शीर्षस्थानमा उक्लिएको दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानका भने यो प्रतियोगितामा पाँचौं हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *