Wednesday, October 28, 2020
Home > राष्ट्रिय समाचार > बहुउद्देयीय प्रकृतिका सहकारीहरुलाई कार्यसम्पादनमा सहजताका निम्ति कानुन संशोधन आवश्यक रहेको सहकारीकर्मीहरुको जोड

बहुउद्देयीय प्रकृतिका सहकारीहरुलाई कार्यसम्पादनमा सहजताका निम्ति कानुन संशोधन आवश्यक रहेको सहकारीकर्मीहरुको जोड

बिराटनगर २९ असोज

बहुउद्देयीय प्रकृतिका सहकारीहरुलाई कार्यसम्पादनमा सहजताका निम्ति कानुन संशोधन आवश्यक रहेको सहकारीकर्मीहरुले बताएका छन् । विराटनगर–३ स्थित सत्यम कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । सत्यम् सहकारीका अध्यक्ष गंगाप्रसाद यादवले सहकारी ऐन २०७४ र नियमावली २०७५ मा बहुउद्देश्यीय प्रकृतिका सहकारीहरुलाई सहजतापुूर्वक कार्य गर्न कानुनी जटिलता उत्पन्न गर्ने केही प्रावधान रहेकाले आगामी दिनमा सरकारले त्यस्ता कानुनमा आवश्यक संशोधन गरेर सहज बनाउनुपर्ने माग गर्नुभयो । सहकारीहरु तीन खम्बे अर्थनिति अनुसार अघि बढिरहेकाले सहकारीको विकास र प्रबद्र्धनका निम्ति बिशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । सहकारीकी उपाध्यक्ष मन्दिरा गुरागाईले सर्वसाधारणको आर्थिक क्षमता र स्वरोजगार बृद्धि गर्न सहकारीहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । प्रदेश सभा सदस्य चुमनारायण तवदारले सहकारीहरुले कृषिलाई बिशेष प्राथमिकतामा राखेर देशलाई आत्मनिर्भर बनाउन बिशेष भुमिका खेल्नुपर्ने आग्रह गर्नुभयो । यसअघि सत्यम कृषि बहुउद्धेशिय सहकारी संस्था लिमिटेडका लेखा सदस्य मेघनाथ रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उक्त सहकारीको आर्थिक वर्ष २०७६÷७७ मा बचत निक्षेप ५६ लाख १६ हजार, कर्जा लगानी ६४ लाख ५० हजार र कुल आम्दानी २० लाख ८० हजार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *