Wednesday, October 28, 2020
Home > आर्थिक समाचार > रेड किवि टिप्न सुरु गरे पनि बजारको समस्याले इलामका किसान चिन्तीत

रेड किवि टिप्न सुरु गरे पनि बजारको समस्याले इलामका किसान चिन्तीत

इलाम ३० असोज

इलामका किसानले यतिबेला रेड किवि टिप्न सुरु गरेका छन् । लगातारको लकडाउनले बजारमा समस्या भएपछि मुल्य कम पाएको किसानको भनाइ छ । खाँदा गुलियो र फलमा झुस नहुने रेड किवि भदौ अन्तिम र असोजको पहिलो सातामा नै परिपक्व भई पाक्ने गर्दछ । तर बजारमा उचित मुल्य नभएकाले समस्या भएको उनीहरुको गुनाशो छ ।
मनसुनले नछाड्दै उत्तरी इलामका किसानले रेड किवि टिप्न सुरु गरेका छन् । सीजनको पहिलो उत्पादन भएपनि लामो लकडाउनपछि किविले विगतको झै बजार नपाएको किवि उत्पादक किसानको भनाई छ । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा किवि खेती शुरु गरेका तारामणी खतिवडाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । खतिवडा जिल्लाकै किवि खेतीका लागि अग्रणी किसानका रुपमा परिचित हुनुहुन्छ । परिपक्क नहुँदै टिपेर बेच्न हतारिने किसानको विगतको बानीले किविको बजार प्रभावित भएको छ । यो वर्ष उत्पादन सन्तोषजनक भएपनि मुल्य भने गतसालको तुलनामा आधा घटेको पाइन्छ । खाँदा गुलियो र फलमा झुस नहुने रेड किवि वाइन र जुस बनाउन उपयोगी मानिन्छ । गोल्डेन र ग्रीन किवि भन्दा रेड किवि चाँडै पाक्ने गर्दछ । इलाममा गतवर्षसम्म एक सय ५२ हेक्टर क्षेत्रफलमा किवि खेति विस्तार भइसकेको छ । एक हजार दुइ सय १५ मेट्रिक टन उत्पादन भएको छ । उत्पादनको करिव २० प्रतिशत रेडकिवि उत्पादन हुने गरेको छ । किवि खेति प्रवद्र्धनका लागि प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किवि जोन आयोजना समेत संचालनमा रहेको छ । किवी फलको प्रशोधन र मुल्य अभिबृद्धिका लागि भने ठोस पहल भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *