Wednesday, October 28, 2020
Home > राष्ट्रिय समाचार > जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलासको क्रममा फेलापरेका मोबाईलहरु सम्बन्धित धनीलाई बुझायो

जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलासको क्रममा फेलापरेका मोबाईलहरु सम्बन्धित धनीलाई बुझायो

बिराटनगर ३० असोज
जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलासको क्रममा फेलापरेका मोबाईलहरु सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरीले हराएका तथा चोरी भएका ५१ थान मोबाइल फेलापारी सम्बन्धित धनीलाई बुझाएको हो । कार्यालय परिसरमा सम्बन्धित धनीलाई डाकेर प्रहरीले मोबाईल बुझाएको हो । यसअघिपनि एक कार्यक्रमको आयोजनागरि जिल्ला प्रहरीले भेटिएका ८५ थान सम्बन्धीत धनीलाई बुझाईएको थियो । हालसम्म खोजतलासको क्रममा भेटिएका १ सय ३६ थान मोवाईल सम्बन्धीत धनीहरुलाई बुझाईसकिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *