Wednesday, October 28, 2020
Home > राष्ट्रिय समाचार > विराटनगरकी साहित्यकार तृष्णा कार्कीद्वारा लिखित आकृति नामक कविता संग्रहको हिजो एक कार्यक्रमका बीच बिमोचन

विराटनगरकी साहित्यकार तृष्णा कार्कीद्वारा लिखित आकृति नामक कविता संग्रहको हिजो एक कार्यक्रमका बीच बिमोचन

बिराटनगर १ कार्तिक
विराटनगरकी साहित्यकार तृष्णा कार्कीद्वारा लिखित आकृति नामक कविता संग्रहको हिजो एक कार्यक्रमका बीच बिमोचन गरिएको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा कार्कीको पहिलो कविता संग्रह आकृतिको साहित्यकार दधिराज सुवेदी ,कविराज न्यौपाने, मधु पोखरेल, ममता गिरि लगायतले बिमोचन गर्नुभयो । यथार्थ बिषयमा केन्द्रित भएर लेखिएको कविता संग्रहमा २१ वटा कविताहरु समेटिएको कार्कीले जानकारी दिनुभयो । उक्त संग्रहका कविताहरु सरल स्पस्ट र बास्तबिकतामा आधारित भएर रचना गरिएको कार्यक्रममा समीक्षा गरिएको थियो । कविता संग्रहमाथि झोराहाट नाटकघरका अध्यक्ष भरत गुरागार्इं र साहित्यकार रामबाबु दाहालले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले आकृति कविता संग्रह माथि चर्चा परिचर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *