Wednesday, October 28, 2020
Home > मुख्य समाचार > प्रदेश १ मा शुक्रबार ४६८ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ४६८ जना कोरोना संक्रमित थपिए

बिराटनग १ कार्तिक
प्रदेश १ मा शुक्रबार ४६८ जना कोरोना संक्रमित थपिएका छन् ।शुक्रबार मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना संक्रमित थपिएका हुन । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ । प्रदेश १ मा हिजो २२१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २०९ र न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *