Monday, April 19, 2021
Home > आर्थिक समाचार > सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुको गुनासो

सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुको गुनासो

काठमाण्डौ ४ कात्तिक
सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसीबोेका ल्याएको छ । यो संख्या बजार नियन्त्रणका लागि न्यून हो । त्यसैले दशैंको बेला उपभोक्ताहरु फेरीपनि महँगो मूल्यमा खसीबोका खरिद गर्न बाध्य हुने देखिएको छ । काठमाडौंको कलंकीस्थित खसी बजारमा खसीबोका व्यापार गर्दै आएका व्यपारीहरुले दशैंको बेला मूल्य नियन्त्रणका लागि भन्दै सरकारले खरिद मूल्य भन्दा कम मूल्यमा खसीबोका विक्री गरिदिदा आफुहरु मारमा परेको गुनासो गरेका छन् । आफुहरुले किसानबाट खरिद गर्ने मूल्य भन्दा कम मूल्यमा सरकारले विक्री गर्दा समस्या पर्ने गरेको काठमाडौं चौपाया खरिदविक्री प्रालीका अध्यक्ष जनककुमार खडकाले बताउनुभयो । बजार मूल्य नियन्त्रणका लागि भन्दै सरकारले अत्यन्तै कम मूल्य कायम गरिदिदा आफुहरु र उपभोक्ताबिच द्वन्द्व सिर्जना हुने अवस्था रहेको पनि खड्काले बताउनुभयो । यस्तै अर्का व्यापारी कुमार थापाले सरकारले तोक्ने मूल्य र आफुहरुले विक्री गर्ने मूल्यमा पहिला देखि नै फरक पर्ने गरेको बताउनुभयो । व्यापारीहरुले खसीबोकाको मूल्यमा अत्याधिक फरक पार्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले भने नियमित अनुगमन गर्दै आएको छ । महानगरपालिका वडा नंं. १४ का वडा अध्यक्ष शोभा सापकोटाले कस्तो खसी विक्री गर्ने कस्तो नगर्ने भन्ने सम्बन्धमा लगातार अनुगमन गरिरहेको बताउनुभयो । बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्नका लागि भन्दै सरकारले एक हजार खसीबोका ल्याई सोमबारदेखि विक्री शुरु गरेको छ । जुन बजारको मूल्य नियन्त्रणका लागि अप्रर्याप्त हो । अहिले सरकारले खसी बोकाको मूल्य प्रतिकेजी ५ सय ६० रुपैयाँ तोकेर १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा विक्री गरिरहेको छ । तर खसी बजारमा जिउदो खसीको मूल्य प्रति केजी ६ सय रुपैयाँ देखि ६ सय ५० रुपैयाँ, जिउदो बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ देखि ६ सय ८० रुपैयाँसम्म विक्री वितरण भइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *