Thursday, November 26, 2020
Home > खेलकुद समाचार > इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सकोे चौंथो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सकोे चौंथो जित

एजेन्सी ४ कात्तिक
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ ।
यूएईको शेख जायद क्रिकेट मैदानमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किंङसलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो । चेन्नईले दिएको एकसय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर एकसय २५ रन बनाएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ र साम करणले २२ रन बनाए । जितसँगै राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा छ । १० खेलमा ६ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *