Monday, January 18, 2021
Home > राष्ट्रिय समाचार > भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद

भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद

मोरङ ५ कात्तिक
जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद गरेको छ ।
प्रहरीले अवैधरुपमा सिमापारबाट ल्याइएका अतिसबाजी (पटका), खाद्यान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो । विशेश सुराकका आधारमा खटिएको प्रहरी टोलीले मोरङको कटहरी–४ स्थित लोहन्द्रा घाटबाट १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैयाँ बराबरको खाद्य सामानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । यसैबीच मोरङ प्रहरीले बिराटनगर–१६ स्थित दरैयाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर रानी १५ का ३१ वर्षीय शम्भु साह र सोही स्थानका ३० वर्षीय बिकी राई रहेका छन् । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान आर आई टी समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ ६२ बोतल डाईलेक्स डिसी, १ सय ८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागूऔषधसहित हिजो बिहान पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारबाही अगाडी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *