Wednesday, January 27, 2021
Home > राष्ट्रिय समाचार > मोरङ प्रहरीले रतुवामाई नगरपालिकाबाट १२ जना जुवाडेलाई पक्राउ

मोरङ प्रहरीले रतुवामाई नगरपालिकाबाट १२ जना जुवाडेलाई पक्राउ

मोरङ ५ कात्तिक
मोरङ प्रहरीले रतुवामाई नगरपालिकाबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले गएराति झण्डै १२ बजे १२ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई रतुवामाई नगरपालिकाको वडा नं. ७ जामबाडी स्थित पोखरीको डिलमा रहेको टहरोमा तासजुवा खेली रहेको अवस्थामा पक्राउ गरिएको हो । जुवा खालबाट प्रहरीले तास १२ बुक, नगद १४ हजार २ सय ७० सत्तरी रुपैया र मलेसियन रिङ्गेट ६ सय बरामद गरेको छ । यसैगरि प्रहरीले को ३२ प ५१९२, को ३५ प ६१८६ र को २२ प ९३७९ नम्बरको ३ थान मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ गरिएका हरुलाई जुवा ऐन अन्तर्गत आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका सबैजना रतुवामाई नगरपालिका ७ का युवाहरु छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *