Thursday, November 26, 2020
Home > राष्ट्रिय समाचार > निजी क्षेत्रको लगानीमा विराटनगरमा कोरोना परीक्षण ल्याब सञ्चालनमा

निजी क्षेत्रको लगानीमा विराटनगरमा कोरोना परीक्षण ल्याब सञ्चालनमा

बिराटनगर ७ कात्तिक

निजी क्षेत्रको लगानीमा विराटनगरमा कोरोना परीक्षण ल्याब सञ्चालनमा ल्याइएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले रिवन काटेर ल्यावको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो ल्याबले प्रदेश–१ का जनताले छिटो कोरोना परिक्षणको सेवा प्राप्त गर्ने बताउनुभयो । प्रदेश–१ मा पीसीआर परीक्षण थप सहज हुने र सर्वसाधारणलाई छिटोछरितो सेवा दिनका लागि ल्याबले कुनै कसर बाँकी नराख्ने रिजाल ग्रुपका अध्यक्ष नविन रिजालले बताउनुभयो । कोरोना महामारीलाई दृष्टिगत गरी निजी क्षेत्रले सञ्चालनमा ल्याएको ल्यावले कोरोना परिक्षणमा भइरहेको ढिलासुस्ती हटाउन मद्दत गर्ने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताउनुभयो । प्रदेश–१ कै ए ग्रेडको ल्याब भएकाले यो ल्याव कोरोना परिक्षणका लागि मात्रै सीमित नहुने मुन्दडाको भनाइ छ । उद्योगी तथा एशियन थाई फुड्का प्रबन्ध निर्देशक महेश जाजु, शिवंम सिमेन्टका प्रबन्ध निर्देशक पवन सारडा, देवेनरा ग्रुपका सञ्चालक प्रकाश मुन्दडा, रिजाल ग्रुपका अध्यक्ष नविन रिजालको करिब ५ करोडको लगानीमा सो पिसिआर ल्याब विराटनगर–४ मा सञ्चालनमा ल्याइएको हो । वीस्योर प्याथो ल्याव तथा डाइनेस्टिक सेन्टर नाम रहेको ल्याबले पीसीआर परीक्षण गर्ने अनुमति पाइसकेको छ । सबै मापदण्ड पूरा गरेको ल्याबलाई एक वर्षसम्मका लागि सरकारले पीसीआर परीक्षण अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *