Wednesday, October 28, 2020
Home > खेलकुद समाचार > महिला टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल

महिला टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल

काडमाण्डौ १७ असोज

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहँदै १४ औं स्थानमा रहेको छ । नयाँ वरीयतामा नेपालले ११ खेलमा १ सय ३२ रेटीङ अंक प्राप्त गरेको छ । नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै रहेको थियो । नेपाली महिला क्रिकेट टिमले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । जसको कारण नेपालको वरीयतामा घटबढ भएको छैन । नेपाल एकदिवसीय वरीयतामा भने अटाउन सकेको छैन । वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अष्ट्रेलिया रहेको छ । यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेको छ । पुरुषतर्फ नेपाल एकदिवसीयमा १६ औं र टी–ट्वान्टीमा १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *