Monday, April 19, 2021
Home > मुख्य समाचार > नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु

काठमाण्डौ १८ असोज

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो २ महिला र ६ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ६७, दोलखामा ६५, सिन्धुपाल्चोकमा ४१ र कैलालीमा ७९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा २८ र चितवनमा ७६ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ । हिजो २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा हिजो ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो ।  ठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जना गरी काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । हिजो देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ । हिजो २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । हिजोसम्म प्रदेश नम्बर १ मा ५ हजार ६ सय ५५ प्रदेश नम्बर २ मा १४ हजार २ सय १५, बागमती प्रदेशमा १९ हजार ६ सय ५६ र गण्डकी प्रदेशमा ३ हजार ५ सय ९९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ४६, कर्णाली प्रदेशमा ३ हजार १ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ गरी हिजोसम्म ६२ हजार ७ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन । हिजो आइसियुमा २ सय १४ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार क्वाब दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *