Friday, March 05, 2021
Home > मुख्य समाचार > डा. गोविन्द केसीको माग पूरा नभएर उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रवक्ता शर्माको भनाइ

डा. गोविन्द केसीको माग पूरा नभएर उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रवक्ता शर्माको भनाइ

काठमाण्डौ २० असोज
नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दापनि वार्ताका लागि तयार नभएको सरकारले भोली निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाई छ । प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुस्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उहाँले बताउनुभयो । अनसनको २२ दिन पुग्दा पनि सरकारले वार्ता समेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र जागृत भइरहेको शर्माले बताउनुभयो । अधिनायकवादी आकांक्षा राखेर अगाडी बढेको सरकारले केसीका मागहरु सुनुवाई गर्न ढिलाइ गरिरहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था आएको उहाँले बताउनुभयो । कांग्रेसले शुल्क समायोजन, अध्यादेश मार्फत ७५ प्रतिशत छात्रवृति, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेपनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *