Wednesday, January 27, 2021
Home > मुख्य समाचार > नेपालमा हिजो कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

नेपालमा हिजो कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाण्डौ २१ असोज
नेपालमा हिजो कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ ।
हिजो २३ सय ४० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । यस्तै हिजो १५ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा १ हजार ४२ जना पुरुष र पाँचसय ९ जना महिलामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । यद्यपी अहिले देशभरि सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ मात्र छ । यस्तै कोरोना संक्रमणबाट हिजो थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *