Monday, January 18, 2021
Home > खेलकुद समाचार > इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सको तेस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सको तेस्रो जित

एजेन्सी २२ असोज
कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
आबुधाबीमा हिजो भएको खेमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको एकसय ७० रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर एकसय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७÷१७ रन बनाए । कप्तान महेन्द्रसिंह धोनी ११ रनमा आउट भए । कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १÷१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै एकसय ७० रन बनाएको थियो । कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले । अन्य खेलाडीले भने उलेख्य रन बनाउन सकेनन् । कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे । चेन्नईका ड्वान ब्राभोले ३ विकेट लिए । जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *