Monday, January 18, 2021
Home > मुख्य समाचार > नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ साल ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ साल ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डौ २२ कात्तिक
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ साल ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ थियो । पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *