Monday, April 19, 2021
Home > मुख्य समाचार > प्रदेश–१ मा आज २१९ जना कोरोना संक्रमित थपिए

प्रदेश–१ मा आज २१९ जना कोरोना संक्रमित थपिए

बिराटनगर २३ कात्तिक
प्रदेश–१ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेर्हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४–४, जहदा, बुढीगंगा र बेलबारीमा ३–३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २–२, दुहवी र गढीमा १–१, झापाको गौरादह र कमल गाउँपालिकामा १२–१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा , मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता तेर्हथुमको म्याङलुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुममा १–१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ८८४ पुगेकोछ । प्रदेश १ मा आज ६०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १७३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *