Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालन

सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालन

पोखरा २३ कात्तिक
कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सयभन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् । विगतभन्दा संख्यात्मक हिसाबले कम भएपनि लक डाउन पछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ । अहिले देशभरीका मठमन्दिर जस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ । यद्यपी डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ । विगत वर्षहरुमा दैनिक ८ सय भन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्ने फेवातालमा अहिले २ सय हाराहारीमा पर्यटन आउने गरेका छन् । अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा संचालनमा छन् । विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताउनुभयो । फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वाथ्य सुरुक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ । र तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ । प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानीटाइजर गरेर पुनःप्रयोगमा ल्याइने गरेको छ । डुंगामा भौतिक दुरी कायम गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *