Thursday, November 26, 2020
Home > मुख्य समाचार > लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण

लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण

बिराटनगर ३० कात्तिक
विराट साहित्य सङगम मोरङ विराटनगरले साहित्यकार लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको छ । विराटनगरमा हिजो आयोजित एक कार्यक्रम बिच कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा कवितासंग्रहले युवा पुस्तालाई प्रेरणा दिने र परिवारमा एकरुपता राख्ने उदे्श्य राखेको नाट्यकर्मी भरत गुरागाई र्बबरीकले टिप्पणी गर्नुभयो । कविता संग्रहको लोकार्पण गर्नुहुँदै साहित्यकार प्राज्ञ गंगा सुवेदीले कवितासङग्रह युवा पुस्ताहरुका लागि पठन योग्य रहेको बताउनुभयो । उहाँले पुस्तककी लेखक एवं साहित्यकार लक्ष्मी रायमाझी लगायतका सवै साहित्यकारहरुलाई साहित्यको क्षेत्रमा थप कलम चलाउन आग्रह गर्नुभयो । कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकले युवापुस्ताहरु बढी इन्टरनेट र फेसबुकमा व्यस्त रहेको भएपनि पढन आकर्षित गर्न सक्ने लेखक एवम साहित्यकार लक्ष्मी रायमाझीले बताउनुभयो । लोकार्पण कार्यक्रममा साहित्यकार मन्जु श्री, बाबुराम पौडेल,लक्ष्मी स्मृति, र विराट साहित्य सङगम मोरङका अध्यक्ष रितु आशीक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *