Wednesday, January 27, 2021
Home > मुख्य समाचार > पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ ९ मंसिर
पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ जना पुगेको छ । हाल देशभर १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *