Wednesday, January 27, 2021
Home > राष्ट्रिय समाचार > चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन रकारसँग चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको माग

चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन रकारसँग चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको माग

काठमाण्डौ ९ मंसिर
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गर्नुभएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको हो । मकालु संवाददातासँगको कुराकानीमा अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसके पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटीएको तर अहिले सम्म कुनैपनि फाइदा लिन नसकेको बताउनुभयो । चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थमन्त्रालयमा समेत गराइसकेको उहाँले बताउनुभयो । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *